Incident Reports

FNJ Rukum Denounces Threat against Journo

2013-03-29

रुकुम । चैत १६ गते एसएलसी परीक्षाको रिर्पोटिङको विषयलाई लिएर पत्रकारलाई स्थानीय व्यक्तिहरूले बारम्बार ज्यान मार्ने धम्की दिइरहेको भन्दै पत्रकार महासघ रुकुमले आपत्ति जनाएको छ । गएको ०६९ चैत १ गतेबाट ८ गतेसम्म सञ्चालित परीक्षाको गणित विषयको परीक्षाको दिन बाफीकोट परीक्षा केन्द्रमा जिल्ला शिक्षा कार्यालयसहितको संयुक्त टोली अनुगमनको समाचार बाहिर ल्याएर परीक्षा कडा गराएको भन्दै स्थानीय शिक्षक तथा विद्यार्थीका अभिभावकहरूले पत्रकार आदर्श केसीसहित अन्य पत्रकारहरूलाइ गाउ पस्न नदिने र मारेर फालिदिने धम्की दिइरहेका छन् ।

पत्रकार महासंघ रुकुमका कार्यवाहक अध्यक्ष धनवीर दाहालद्वारा जारी विज्ञप्तिमा धम्की दिने कार्यमा संलग्नलाई कारबाहीको माग गदै पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसँग माग गरिएको छ । विज्ञप्तिमा पत्रकार महासंघको ५८ औ स्थापना दिवस मनाइरहेको सन्दर्भमा रुकुममा पछिल्लो समय पेशागत असुरक्षा बढदै गैरहेको र वास्तविकता नबुझेर धम्की दिने कार्यप्रति चिन्ता व्यक्त गरिएको छ । उक्त परीक्षा केन्द्रका शिक्षकहरूले आफना विद्यार्थीहरू परीक्षामा फेल भए पत्रकारकै कारणले फेल भएको हुने भन्दै पत्रकारहरूलाई ठीक गर्न आदेश दिएको पनि विज्ञप्तिमा भनिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमले धम्की दिने व्यक्तिहरूको पहिचान भएमा कडा कारबाही गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख डीएसपी राजेन्द्रप्रसाद भट्टले धम्की दिने व्यक्तिलाई जसरी पनि कारबाही हुने बताए । यसअघि तीन जना शिक्षकहरूलाई धम्कीकै विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय रुकुमले पक्राउ गरी सम्झाएर छाडेको थियो । आदर्श केसी Rukum/March 29

Federation of Nepali Journalists (FNJ) Rukum has expressed concern over the issued by the locals against journalists over the news reporting on SLC examination. Local parents and teachers have been threatening to kill journalists and bar them from entering village saying that the examination was made stricter after the journalists reported news on the monitoring by a joint team of the District Education Office in Bafikot Exam Centre. Acting president of FNJ Dhanbir Dahal issued a statement demanding action against those issuing threat. The FNJ urged the government to ensure professional security for journalists. The District Police Office Rukum has said that strong action would be taken against those issuing threats.

Adarsh KC

0 Comments