Incident Reports

Victim of Attack by CPN-Cheist Lodges Complaint

2013-03-29

सशस्त्र समूह नेकपा चेवादीको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका गोल्चे गाविस- ५ का ३५ वर्षीय ङेमाछिरिङ लामाले ०६९ चैत १६ गते जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गरेका छन् । आफ्नै घरमा बसेका पीडित लामालाई ०६९ चैत १२ गते राति नेकपा चेवादीका सशस्त्र कार्यकर्ताले घरभित्र प्रवेश गरी घरभन्दा केहिपर पुर्‍याई सुराकी गरेको आरोपमा मरणासन्न हुनेगरी रड, खुकुरी लगायतका हतियारले कुटपिट गरी आक्रमण गरेका थिए । कुटपिटबाट पीडित भएका लामालाई ०६९ चैत १२ गते काठमाण्डौस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । दुईदिनको उपचारपछि होसमा आएका लामा पत्नीको सहारामा उजुरी गर्न सदरमुकाम चौतारा आइपुगेका हुन् । सशस्त्र समूहको कुटपिटबाट पीडितको देब्रे खुट्टा, देब्रे हात र तीनवटा औला भाँचिएको छ भने शरीरको विभिन्न भागमा चोट लागेको छ । नातीबावु धिताल Sindhupalchok/ March 29 A complaint has been lodged at District police office by Dema Chhiring Lama, 35, of Golche VDC-5 on March 29 accusing cadres of CPN Cheist of beating and injuring him. Lama was attacked with rod and weapons by the Cheist cadres on March 25 on charge of spying against the group. Injured Lama got medical treatment at Teaching Hospital in Kathmandu on the same day. The victim lodged a complaint with the help of his wife after returning back to Chautara. The victim sustained leg, hand, and broken fingers due to the attack by the armed group. Nati Babu Dhital

0 Comments

Related Reports
Related Trend Analysis