Incident Reports

घरमा पार्किङ गरेर राखिएको कार र मोटरसाइकलमा आगजनी

2016-11-13

Bagmati, Dolakha, Bhimeshwor

अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगजनी गरेका छन्। दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय गुणराज पोखरेलको बा४७प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको प्रहरी जनाएको छ। श्रेष्ठको किया कार उनका दाजु पृथ्वी श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो। ती समूहले करिब राति २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घरमा पार्किङ गरिरहेको कार्कीको बाइक बाहिर तानेर आगो लगाएको र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिएपछि ठूलो घटना हुनबाट जोगिएको छ। आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुनसक्ने जिल्ला प्रहरीक कार्यालयका इन्स्पेक्टर विनोद सुनुवारले जानकारी दिए। संलग्न रहेकाहरुको खोजीकार्य भइरहेको उनले बताए। आगलागीमा बन्दकर्ता विप्लव माओवादीको संलग्नता हुन सक्ने स्थानीयवासीको भनाइ छ। घटनाको उद्योग वाणिज्य संघ दोलखाले निन्दा गरेको छ। संघको आकश्मिक बैठक बसेर घटनाको निन्दा गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis