Incident Reports

नेपाल टेलिकम कैचुला टावर तोडफोड

2016-09-26

एक महिना देखि अबरुद्ध रहेको नेपाल टेलिकमको पीपलचौरी गविसको कैचुला टावरमा तोडफोड गरिएको तथ्य एक महिना पछि थाहा भएको छ । कैचुलामा रहेको टावरले काम नगर्दा बिग्रेको समाचार आएपछि मर्मतका लागि गएको नेपाल टेलिकमको प्राविधिकहरुको टोलीले पावर सिस्टममा समस्या आएको बताएपनि टावरमा रहेका भित्री सामानहरुमा तोडफोड गरिएको, तारहरु चुडेको, भार्याङ् लगायतका अन्य सामानहरु पनि चोरी भएको र भित्ताहरुमा जथाभावी लेखेको भेटिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख ललित चन्दले जानकारी दिनुभयो । टावर जाच गर्न गएको प्राविधिकको टोलि जिल्ला फर्किसकेको छ भने आवश्यक समान आएपछि मात्रै टावर मर्मत गरिने पनि टेलिकमले जनाएको छ । क्षेत्रिय कार्यालय धनगढीबाट समान आएपछि मात्रै मर्मत गर्न मिल्ने भन्दै टेलिकम प्रमुख चन्दले चाडोमा एकहप्ता सम्म समय लाग्ने बताउनु भयो । त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुदा जिल्लाको दुहु क्षेत्रमा रहेका आधा दर्जन गाविसका सेवाग्राही फोनसेवाबाट बन्चित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports
Related Trend Analysis