Incident Reports

देवरद्वारा भउजूको हत्या गरेको आरोप

2016-11-04

Madhes, Mahottari, Bardibas, Ward 1

वर्दिवास नगरपालिका-८ प्रेमनगरकी ३२ वर्षीया उषादेवी महतोलाई देवर विजय महतोले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । कात्तिक १७ गते घरैबाट हराएकी उषाको कात्तिक १९ गते बिहान धनुषा जिल्ला लक्ष्मीनिवास-७ स्थित दालाखाडी खोला नजिक तिलको खेतमा शव भेटिएको थियो । मृतकको पति विनोद महतो वैदेशिक रोजगारीको लागि विगत दुई वर्षदेखि मलेशियामा रहेको पीडितका माइती पक्षले जनाएको छ । मृतकका भाइ सुरेन्द्र महतोले मङ्सिर २ गते जनकपुरमा पत्रकार सम्मेलन गरी बहिनी उषाको हत्या गरिएको दावी गरे । पीडित महिलाको शव फेला परेपछि विजय फरार रहेको बताउँदै इलाका प्रहरी कार्यालय ढल्केवरका इञ्चार्ज चन्द्रनारायण त्रिपाठीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । मृतक उषाका १० वर्ष र आठ वर्षका दुई छोरा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports