Incident Reports

इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार

2016-11-29

Bagmati, Bhaktapur, Changunarayan

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रूपमा कार्यरत रोल्पा घर भएका १४ वर्षीय बालक दुईजना, १४ वर्षीया बालिका एकजना, १५ वर्षीया बालिका एकजना, १२ वर्षीया बालिका एकजना र १६ वर्षीय एकजना बालक गरी ६ जना बालबालिकाको उद्धार गरिएको खोजतलास केन्द्रका प्रतिनिधि सन्तोष अधिकारीले बताए । गाउँमा परिवारलाई जानकारी नै नदिई बालबालिकालाई ललाई फकाई गरेर इँटा भट्टा सञ्चालकसँग बढी रकम लिएर बालबालिका श्रममा लगाउने गरेको पाइएपछि बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा ती बालबालिकाको उद्धार गरिएको बताइएको छ । बालबालिकाको परिवारले प्रहरी र केन्द्रमा आफ्ना छोराछोरी हराएको उजुरी गरेपछि खोजी गर्ने क्रममा इँटा भट्टामा बालश्रमिकको रूपमा राखेको पाइएको केन्द्रले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरूको परिवारको जिम्मा लगाइने केन्द्रले जनाएको छ । गाउँबाट बालश्रमिक ल्याएको आरोपमा भट्टाका नाइके रोल्पा जिल्ला जगार-५ घर भएका लोकबहादुर नेपालीलाई मङ्सिर १४ गते प्रहरीले गिरफ्तार गरेको जनाएको छ । ०७३ भदौ २० गते १५ हजार धरौटीमा रिहा भएका थिए ।

0 Comments