Incident Reports

सीमांकनको विरोधमा अनिश्चितकालीन पाल्पा बन्द

2016-12-01

Lumbini, Palpa, Tansen

५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा, विद्यार्थी, तरुणले अनिश्चितकालीन पाल्पा बन्द घोषणा गरेका छन् । बिहानैदेखिको पाल्पा बन्दले जनजीवन प्रभावित बनायो । बिहानैदेखि पाल्पामा प्रदर्शन, यातायात बन्द र बजार पसल बन्द गराएका थिए । बिहानैदेखि सडकमा ओर्लिएका युवा, विद्यार्थी र तरुणले बजार, कलकारखाना, स्कुल क्याम्पस बन्द गराए । पाल्पा बन्दले तानसेन लगायत ग्रामीण भेगका साथै सिद्धार्थ राजमार्ग र गुल्मी, अर्घाखाँची जाने सडकमा सवारीसाधन बन्द भएको छ । विद्यार्थी र युवाहरु सडकमा नारा जुलुस गर्दै हिँडेका थिए । पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारीसाधन बन्द भए । युवा विद्यार्थीले नारा लगाउँदै राष्ट्रघाती संविधान संशोधन फिर्ता लिनुपर्ने र नलिएमा निरन्तर आन्दोलन गर्ने बताए । संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा पाल्पाका युवा, तरुण विद्यार्थीले अनिश्चितकालीन बन्दको घोषणा गरेको नेपाल तरुण दलका अध्यक्ष मेजरसिंह केसीले बताए । सरकारले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनले बताए । संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको एमाले निकट अखिलका केन्द्रीय सदस्य दीपक विकले बताए । उनले दलहरुको आन्दोलनलाई सहयोग गर्दै युवा, तरुण र विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउने बताए । युवा विद्यार्थीले अनिश्चितकालीन रुपमा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई गुड्नसमेत नदिएको बताए । सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्र्याउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारीसाधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत युवा, तरुण विद्यार्थीले बताए । बन्दका बेला राप्रपा पाल्पाको एकता भेलालाई भने कार्यक्रम गर्न दिने उनीहरुले बताएका छन् । प्रेस, दूध, पानी, पर्यटक, एम्बुलेन्स लगायतका सवारीसाधनलाई चल्न दिइएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments