Incident Reports

Bandh in Gulmi since early morning against decision to split state number 5

2016-12-03

Protestors and demonstrators took to the street since early morning on Saturday on the 4th day of Agitation against the proposal to split state number 5. Local leaders of all major political parties led the demonstrations against the proposal. The bandh on Saturday was found to be more strictly implemented as compared to those on Thursday and Friday. All forms of transportation service in the district came to complete halt due to the bandh. पाँच नम्बर प्रदेश टुक्र्याउने सरकारको निर्णयविरुद्ध बुधबारदेखि शुरु भएको अनिश्चितकालीन बन्द गुल्मी जिल्लामा झन् कडा बन्दै गएको छ । आन्दोलनको चौंथो दिन शनिबार प्रदर्शनकारीले बिहानैदेखि बजार बन्द गराउँदै नारा जुलुस गरिरहेका छन् । सबै राजनीतिक दलका प्रमुख नेताहरुको नेतृत्वमा बिहानै बजार र सवारी साधन बन्दको आह्वान गर्दै हिँडेका छन् । बिहीबार र शुक्रबारको तुलनामा आज (शनिबार) आन्दोलनकारी थप कडा बनेका छन् । फाट्टफुट्ट रुपमा चल्दै आएका मोटरसाईकल र अन्य सवारी साधनलाई आज थप कडाई गरिएको अनेरास्ववियूका जिल्ला संयोजक राजेन्द्रविक्रम कुँवरले बताए । बजारमा चल्दै आएको ७ मोटरसाईकलको चाँबी शनिबार आन्दोलनकारीले कब्जामा लिएका छन् । साँझ ५ बजेपछि फिर्ता गर्ने गरी चाबी लिइएको नेविसंघका कार्यवाहक सभापति झविन्द्र पाण्डेले बताए । उद्योग वाणिज्य संघको पहलमा शुरु भएको आन्दोलन तीन दिनदेखि जिल्लामा सबै क्रियाशील राजनीतिक दलका प्रमुखहरुले नै नेतृत्व गर्दै आएका छन् । आन्दोलनको चौंथो दिन आज पनि गुल्मीसहित जिल्लाभर यातायात र बजार बन्द छ । लामो तथा छोटो दुरीका सवारी साधन बन्द भएपछि जनजीवन प्रभावित बन्न थालेको छ । राजनीतिक दलहरुले साँझ ५ बजेदेखि बिहान ७ बजेसम्म यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले रातिमा सवारी चलाउन थालेका छन् । राजनीतिक दलले गाउँस्तरमा समेत आन्दोलनका लागि निर्देशन गरेपछि जिल्लाका ग्रामीण क्षेत्र र बजारहरुमा समेत आन्दोलन चर्केको छ । जिल्लाका पुर्कोटदह, म्यालपोखरी, सिमलटारी, बलेटक्सार, गौडाकोट, बिरबास, खैरेनी, शान्तिपुर, वामीटक्सार लगायतका स्थानका बजारहरुमा पनि कार्यकर्ता र सर्वसाधरणले बिहानैदेखि प्रदर्शन गरिरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य भुपाल पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments