Incident Reports

बालविवाह गर्न लागिएका जोडीको उद्धार

2016-12-02

Madhes, Mahottari, Gaushala

यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ। महोत्तरीको फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी चौधरीलाई शुक्रबार साँझ प्रहरीको रोहबरमा उद्धार गरिएको हो। उद्धार गरिएका जोडी अहिले इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा छ ।घटनामा संलग्न अन्य व्यक्तिको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। बाल संरक्षण तथा प्रवद्र्धन समिति भरतपुर, सामुदायिक परिवार कल्याण समाज महोत्तरी र प्रहरी तथा पत्रकार सम्मिलित एक टोलीले लक्ष्मणका घरमा राखिँदै आएकी उक्त किशोरीलाई उद्धार गर्न सफल भएको हो। लक्ष्मणका १६ वर्षीय छोरा कृष्णसँग प्रेम सम्बन्ध रहेको जनाउँदै जबर्जस्ती विवाह गराइदिने उद्देश्यले स्थानीय पञ्च कहलाउनेहरुले आफ्नो निगरानीमा एक महिनादेखि उनको घरमा आरतीलाई राख्दै आएका थिए। त्यस गाउँका भद्रभलाद्मीले यसअघि पनि कम उमेरका युवाका अभिभावकसँग भोजभतेरका नाममा हजारौँ रकम जरिवाना तिराई बालविवाह गराउँदै आएको बताइएको छ। रासस

0 Comments