Incident Reports

यादव र मुस्लिम समुदाय बिचको झडपमा एक जनाको मृत्यु

2016-12-11

Lumbini, Kapilbastu, Krishnanagar

जिल्लाको बिद्यानगर गाविस वार्ड ४ बसवरिया गाउँका मुस्लिम समुदाय र यादव समुदायका दुई समुह बिच भएको झडपमा ५५ बर्षिय मुल्नालाल यादवकोे उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । बिहान करिव १० बजेको समयमा दुई पक्षबिच झडप हुंदा एक जनाको मृत्यु हुनुका साथै ४५ बर्षीय बाल गोविन्द यादव, २३ बर्षीय बिक्रम यादव, ६० बर्षीय तिलक राम यादव र २५ बर्षीया रिमा यादव घाईते भएका थिए । घाईतेको शिवराज अस्पताल बहादुरगंजमा उपचार भएको छ । बिगत बिजय दशमीमा मूर्ति सेलाउने विषयमा बिवाद भएको र सोई विषयमा बेला बखतमा विवाद बढ्दै गईरहेको अवस्थामा आज स्थानिय अमर दिप यादवको छोराले टौवाबाट पराल निकाल्ने क्रममा मुस्लिम पक्षका केही युवासंग विवाद हुंदा अन्य स्थानियहरु जम्मा भएको पछी विवाद बढ्दा दुई पक्ष बिच झडप भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । झडप पश्चात घाईते भएका ५ जना मध्ये मुल्नालाल यादवको टाउको गम्भिर चोट लागेकोमा उपचारको क्रममा दिउस ३ः३५ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक प्रहलाद अधिकारीले बताए । घटनामा संलग्न भएको आरोपमा मुस्लिम समुदायका ४ जनालाई अनुसंधानकालागि प्रहरी नियन्त्रणमा लिएको छ । घटना पछी ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी घटना स्थल पुगेको झडप अनियन्त्रित बन्न थाले पछी ईलाका प्रहरी कार्यालय कृष्णनगर, बहादुगंज र शसस्त्र प्रहरीको टोली पुगे पछी करिव ११ बजे पछी अवस्था सामान्य भएको स्थानियले बताए । स्थितीलाई सामान्य पार्न प्रहरी नायव उपरिक्षकको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको छ । बसन्त बन्जाडे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Religious sectarianism
Secondary Cause Religious sectarianism
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 4
Female Injured 1
Youth Injured 2
Other Sources

0 Comments

Related Reports