Incident Reports

मटेहियामा झडप एकको मृत्‍यु सात घाइते

2016-12-12

Lumbini, Banke, Narainapur, Ward 5

बाँकेको मटेहिया–४ भगवानपुरमा स्थानीय युवाहरुबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । स्थानीयका अनुसार झडपमा अन्य १० जना घाइते भएका छन् । अञ्चल प्रहरी कार्यालय भेरीका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो । मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा हिजो साँझ निकालिएको र्‍यालीमा विवाद भएपछि मटेहिया क्षेत्र रातभर तनावग्रस्त बनेको थियो । घाइतेहरुको नेपालगञ्जमा उपचार भईरहेको छ । झडपपछि बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई तथा सशस्त्र प्रहरी प्रमुख राजु अधिकारी नेतृत्वमा ठूलो संख्यामा टोली परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा लिन र थप अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको मध्यमाञ्चल प्रहरी प्रमुख एसएसपी धीरु बस्न्यातले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको घटनास्थलमा रहेको नेपाल प्रहरीका एसपी राइले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Religious sectarianism
Secondary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Hindu
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Muslim
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 10
National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Banke

0 Comments

Related Reports
Related Trend Analysis