Incident Reports

गोकुलेमा युवाहरुको झगडाले राजनीतिक रुपमा लियो, वाईसीएलद्वारा एमाले समर्थकमाथि आक्रमण

2016-12-13

Bagmati, Kabhrepalanchok, Mahabharat, Ward 2

काभ्रेको दुर्गम गाविस डाँडापारीमा मंगलबार राति नेकपा माओवादी केन्द्र सम्बद्ध वाईसीएल कार्यकर्ताको आक्रमणमा परी ८ जना स्थानीय गम्भिर घाइते भएका छन् । गोकुले गाविस वडा नम्बर ४ कुपिन्टारमा रातिको समयमा लाठीसहित २५/३० जनाको संख्यामा गएका वाईसीएल कार्यकर्ताले आक्रमण गरेको घाइतेहरुले बताएका छन् । वाईसीएल जिल्ला नेता राजेन्द्र घलानको नेतृत्वको समूहले आक्रमण गरेको स्थानीय जनक लामाले बताए । आक्रमणबाट पूर्ववडाअध्यक्ष खड्गबहादुर मोक्तान, सिंहविर मोक्तान, दिलमाया मोक्तान, कृष्णमाया मोक्तान गम्भिर घाइते भएका छन् । दर्जन भन्दा धेरै घरहरुमा क्षति पुगेको र रातभर जंगलमा बसेर ज्यान जोगाएको लामाले बताए । घटना लगत्तै खबर पाए पनि गोकुलेमै रहेका प्रहरी घटनास्थलमा जान सकेनन् । घटनास्थलमा बुधवार विहान प्रहरी पुग्दा आक्रमणकारी फरार भइसकेका थिए । केही दिनअघि जात्रामा स्थानीय दुई युवा समूहबीचको झगडाले राजनीतिक रुपमा लिएको प्रारम्भिक जानकारी आएको काभ्रेका प्रहरी प्रवक्ता डिएसपी नविन राईले अनलाइनखबरलाई बताए । कुटाइ खानेहरु एमाले समर्थक रहेको उनले बताए । केहि दिन अघि जात्रामा भएको नाचमा केटाकेटीहरुको कुटपिटका विषयलाई लिएर वाईसीएलका कार्यकर्ताहरुले आक्रमण गरेको स्थानीय जनक लामाले बताए । माओवादीले एमाले कार्यकर्ताहरुलाई छानी-छानी आक्रमण गरेको र महिलामाथि यौन दुर्व्यवहार समते भएको एमालेको आरोप छ । एमालेले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 10
National/Online Media

0 Comments

Related Reports