Incident Reports

चक्कु प्रहारबाट मृत्यु भएको घटनामा दुई पक्राउ

2016-12-13

काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविस-२ मा चक्कु प्रहारबाट गए राति एक व्यक्तिको मृत्यु भएपछि त्यस घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीयवासी नेमा तामाङ र पञ्च तामाङलाई पक्राउ गरेको छ । मृत्यु हुनेमा सो गाविसका ३८ वर्षिय जगतमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरिक्षक सहकुल थापाले जानकारी दिए । मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको र झगडाले उग्र रुप लिँदा ज्यान गएको बताइन्छ । उता, जिल्लाको गोकुले गाविसमा मङ्गलबार भएको झगडामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । कुटपिट गर्नेको खोजी भइरहेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports