Incident Reports

पाल्पामा दुईदिने आमहडताल

2016-12-16

Lumbini, Palpa, Tansen

RSS आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिएका थिए । पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा माले, राप्रपा, जनमोर्चा नेपाललगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । नेकमा (एमाले) पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार सरकारले ५ नं प्रदेश विभाजन गर्ने प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहनेछ । आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्ने नारा लगाउँदै मसाल जुलुस निकालेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media

0 Comments