Incident Reports

अर्घाखाँचीमा तीनदिने आमहडताल l

2016-12-16

Lumbini, Arghakhanchi, Sandhikharka

५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको अर्काे दिनबाट विरोधमा उत्रिएका अर्घाखाँचीका सत्तापक्ष र प्रतिपक्ष दलले तीनदिने आमहडताल घोषणा गरेका छन् । सरकारले तराई र पहाडलाई टुक्र्याउने गरी ल्याएको प्रस्ताव मान्य नहुने भन्दै बीचमा बन्द गरेका दलले शुक्रबारबाट आइतबारसम्म आमहडताल गर्ने बताएका छन् । संघर्ष समितिका संयोजक एवं कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनालका अनुसार सरकारले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन चरणबद्ध रुपमा अघि बढ्ने बताए । हडतालका कारण बिहानैदेखि सन्धिखर्क चुत्राबेंसी लगायत पुरै जिल्ला ठप्प छ । यातायात, कलकारखाना, उद्योग सबै बन्द छन् । लामो समयको बन्दले जनजीवन प्रभावित बनेको छ । यसभन्दा अघिको बन्दमा शिक्षण संस्था सञ्चालन भएका थिए । तीनदिन बन्द गरिएको छ । सरकारी कार्यालय बन्द र विरोधका कारण सेवाग्राही नजाँदा सुनसानजस्तै छन् । बिहानैदेखि आन्दोलनकारी सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । तीनदिनसम्म आमहडताल गर्छौ,’ एमाले अध्यक्ष चेतनारायण आचार्यले भने, ‘त्यसपछि पनि सरकारले प्रदेश टुक्र्याउने प्रस्ताव फिर्ता नलिए संघर्ष समितिको बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्छौं । हामी मिलेर बस्छौं भन्दा जबर्जस्ती टुक्र्याउन खोजिएको छ । जनताको आन्दोलनले प्रस्ताव विफल हुन्छ ।’ विरोध शुरु भएको १६ आंै दिन बिहीबार सन्धिखर्कमा जनसभा भएको थियो । सभामा गाउँबाट घण्टांै पैदल हिँडेर सदरमुकाममा सर्वसाधारण आएका थिए । सयांैको संख्यामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, माले, नेपाल परिवार दल, जनमुक्ति पार्टी लगायतका दलका नेता, कार्यकर्ता र सर्वसाधारण उपस्थित भएका थिए । सभामा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, एमाले पोलिटब्युरो सदस्य दलबहादुर राना, कांग्रेस पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, संसाद दुर्गा पौडेल, कमला विश्वकर्मा, दुमन थापा, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का लगायतले सभालाई सम्बोधन गरेका थिए । उनीहरुले सरकारले ५ नम्बर प्रदेशका तराई र पहाड टुक्र्याउने गरी ल्याएको प्रस्ताव आन्दोलनले विफल पार्ने बताएका थिए । सरकारसँग प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments