Incident Reports

धरानमा घाँटी रेटेर युवाको हत्या

2016-12-24

Province 1, Sunsari, Dharan

सँगै लागूपदार्थ खाँदै आएका साथीको हत्या गरेको आरोपमा प्रहरीले धरानबाट चार जनालाई पक्राउ गरेको छ । शनिबार राति पक्राउ पर्नेहरुमा धरान–७ शान्तिपथका आरोहण भनिने सौरभ राई, दीप तामाङ, धरान–८ भोटेपुलका आयुप चौधरी र धरान–९ बगौचालाइनका रोमन गुरुङ छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुले मिलेर लागूपदार्थ प्रयोग गरिरहेका बेला धरान–५ बस्ने विकु भनिने विकास राजवंशीको शनिबार बिहान धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खुलासा भएको छ । लागूपदार्थ प्रयोग गरेको बेला सामान्य विवाद हुँदा आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि अनुहार नचिनियोस् भनेर ढुङ्गाले अनुहार किचेर धरान–१५ स्थित चुम्लुङ हिम छेउमा फालेको अवस्थामा राजवंशीको सव भेटिएको थियो । उनीहरूले शुक्रबार र शनिबार रातभर लागूऔषध प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । राजवंशीको हत्या शनिबार बिहान ४ बजेको आसपास भएको प्रहरीले बताएको छ । मृतक राजवंशीका साथबाट नाइट्रोजेपाम नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल वरिपर डेन्ड्राइट फेला परेको प्रहरीले जनाएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports