Incident Reports

वीरगन्ज कारागारमा छुरा हानाहान, एक गम्भीर

2016-12-25

Madhes, Parsa, Birgunj

आइतवार साँझ वीरगन्ज कारागारमा छुरा हानाहान भएको छ। कारागारभित्र बन्द कैदीहरुबीचको झगडामा एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ। ‘क्रिसमसको रमझम कैदीहरुले मनाईरहेको बेला घटना भएको हो,’ पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने, ‘तरकारी काट्ने छुरा प्रयोग भएको रहेछ।’ सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडी सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दाको कसुरमा सजाय काटीरहेका रौतहट घर भएका पनिलाल पँडितले अपहरण तथा जिउ बन्धकी मुद्दामा सजाय काटीरहेका वीरगन्जमा राजन बानियालाई छुरा हानेका हुन्। प्रहरी उपरीक्षक साहका अनुसार बानियाको पिठ्युका छुरा रोपिएको घाउ छ । छुरा प्रहार गर्ने पँडित जनतान्त्रिक गोइत समूहको कार्यकर्ता समेत रहेको खुलेको छ। ‘घाउ ठूलो छैन्, गहिरो छ, छुराले करङ्गको हड्डीलाई छोएको छ कि भन्ने डाक्टरहरुको शंका छ,’ प्रहरी उपरीक्षक साहले भने, ‘घाउको प्रकृती गम्भीर देखेर नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भीक उपचारपछि डाक्टरहरुको सल्लाहमा नेशनल मेडिकल कलेजको शिक्षण अस्पतालमा लगिएको छ ।’ सहरमा ठाउँठाउँमा क्रिसमसको रमझम चलिरहँदा जेलभित्र घटना भएको हो। साहले घटनाको अनुसन्धान भइरहेको बताए। घाइतेका दाजु ललन बानियाले नेशनल मेडिक कलेजका डाक्टरले अवस्था चिन्ताजनक रहेको बताएको जानकारी दिए । ‘पिठ्युको माथिल्लो भागमा गर्धन पछाडी गहिरो खत छ, डाक्टरले नशा काटिएकोले अवस्था चिन्ताजनक बताएका छन्,’ ललनले भने, ‘काठमाडौं लैजान भनेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments

Related Reports