Incident Reports

एमलेलाई पर्सामा मोर्चाको निषेध, कुनै कार्यक्रम गरे प्रतिकार गर्ने

2016-12-03

Madhes, Parsa, Birgunj

संबिधान संसोधन प्रस्ताबको बिरोध गरेकोले नेपाल कोम्युनषट पार्टी एमलेको कुनै पनि औपचारिक कार्यक्रम पर्सामा गर्ने नदिने मधेसी मोर्चले घोषणा गरेको छ। संयुक्त लोक्तान्त्रिक मधेसी मोर्चको शनिबार बसेको बैठकले एमाले पार्टीको औपचारिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो। मधेसी मोर्चको बैठकले मदेश आन्दोलनबाट उठेको माग पुरा गर्न बाधक बनेकोले एमालेलाई मधेसीविरोधी दल भएको ठहर गर्दै पर्सामा कुनै पनि राजनीतिक गतिविधी र कार्यक्रम गर्न नदिने र कार्यक्रम गरे त्यस्को सशक्त प्रतिकर गर्ने निर्णय समेटा बैठकले गरेको छ। मधेसी जनताको अधिकारलाई कुन्ठिट गर्दै एकल जातीय राज्य र विभेद्कारी राज्य चलाउन सोच राख्ने एमाले पार्टीको कुनै पनि नेतालाई पर्सा जिल्लाको भुमीमा औपचारिक कार्यक्रम गर्न नदिने मोर्चाको बैठकले निर्णय गरेको संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदिप यादवले बताए। उनले मधेसी जनतालाई अधिकार सम्पन्न भएको हेर्न नचाहने पार्टीलाई मधेशमा कार्यक्रम गर्ने कुनै नभएकाले अब हुने एमालेसेको कार्यक्रमहरु बिथोल्न निर्णय गरिएको बाटए। संघीय समाजवादी फोरुम नेपाल पर्साका आध्यक्ष प्रदिप यादवको अध्यक्षतामा बसेको बैठकमा नेपाल सदभावना पार्टीका महासचिब शिवप्रसद पटेल, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन स्मनी, तमलोपा पर्साका अध्यक्ष, समाजवादी पार्टी पर्साका अध्यक्ष बाबु पटेल, तराइ मधेश सदभावना पार्टी पर्साका अध्यक्ष विरेन्द्र यादव, मधेसी जनअधिकार फोरम गणतान्त्रिक पर्साका अध्यक्ष म्स्तकिम अन्सारी लगायतको सहभागीता थियो। यसैबिच, विरगन्जको घण्टाघर चोकमा मोर्चामा आवध दलका नेता कार्यकर्तहारुले एमलेको विरोधमा नारा लगौदै प्रदर्शन गरेका छन। घण्टाघर चोकमा मोर्चाका नेता कार्यकर्ताहरुले एमाले पार्टी र संघीयता विरोधी पार्टीबिरुद्ध नाराबाजी गरेका हुन। फोरम नेपाल पर्साका आध्यक्ष प्रदिप यादवको नेत्रित्वमा रहेका मोर्चमा आवध दल्का नेता कार्यकर्ताहरुले घण्टाघर चोकमा करीब एक घण्टा नाराबाजी गरे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments