Incident Reports

बाराको जंगलमा दुई युवकको घाँटी रेटेर हत्या

2016-12-25

Madhes, Bara, Jitpur Simara, Ward 14

बाराको हररैया गाविसमा पर्ने जंगलमा हत्या गरिएको अवस्थामा बुधबार दुई युवकको शव फेला परेको छ। हरैया गाविस वडा नम्बर १ मा पर्ने सहजनाथ मन्दिर भन्दा डेढ किलोमिटर उत्तरपूर्वमा रहेको जंगलको गारेटो बाटोमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी २०-२२ वर्ष उमेरका दुई युवकको शव बुधबार बिहान फेला परेको हो । पूर्वपश्चिम राजमार्ग भन्दा १४ किलोमिटरको दुरीमा रहेको जंगलको बीच भागमा दुवै युवकको हात खुट्टा बाँधेर घाटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको हो । एक जना युवकको बेल्टले हात पछाडि बाँधेर तथा अर्का युवकलाई रुखमा बाँधेर दुवैको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले बताए । हत्या भएका दुवै युवकको सनाखत भने हुन सकेको छैन । घटनास्थलबाट एक थान छुरा बरामद भएको प्रहरीले जनाएको छ । दुवै युवकको अपहरण पछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । बुधबार बिहान जंगलमा घाँस दाउरा लिन गएका स्थानीयले शव देखेपछि प्रहरी चौकी मधुवनमा खबर गरेका थिए ।दुवै युवकको शव पोष्टमार्टमका लागि बुधबार साँझ बाराको कलैयामा रहेको जिल्ला अस्पतालमा ल्याइएको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त दुई कुकुर र प्राविधिक तथा प्रहरीको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए । दुवै युवकको शवको अवस्था हेर्दा तीन चार दिन पहिले नै हत्या गरेको जस्तो देखिएको भन्दै बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यस बारेमा यकिन जानकारी आउने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports