Incident Reports

सदस्यताको विषयमा तालाबन्दी

2017-01-09

Madhes, Mahottari, Jaleswor

जलेश्वर, पुस २६ – पत्रकार महासंघ महोत्तरी शाखाले सदस्यता वितरण गर्न अवलम्बन गरेको प्रक्रियाप्रति असन्तुष्ट बनेका पत्रकारहरुले सो शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । प्रेस युनियन, मधेसी पत्रकार संघ र रिपोर्टर्स क्लबसँग आवद्ध असन्तुष्ट पत्रकारहरुले विभिन्न चार सुत्रीय माग राख्दै महासंघको शाखामा सोमबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । महासंघको सदस्यता सम्बन्धी वैधानिक प्रक्रियाबारे र सोही विषयमा देखिएको समस्याको समाधान के गरी सकिन्छ भनि नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महतोसंग जिज्ञासा राख्दा उनले विधानले सदस्यता निराकरण गर्न सम्बन्धित जिल्ला शाखालाई नै प्राथमिकता दिएको बताए । संयोजक महतोले भने, ‘जुनजुन शाखामा सदस्यताको विवाद छ, ती विवाद जिल्ला शाखाले नै नटुंगयाए सम्म सदस्यता वितरण हुन्न ।‘ सार्वजनिक सूचना प्रकाशन नै नगरी अपारदर्शी र एकलौटी रुपमा सदस्यता आवेदन आवहान गरी सिफारिस गरेको, कार्यकालमा वार्षिक साधारणसभा गर्न नसकेको आरोप लगाउदै असन्तुष्ट पक्षहरुले गरेको तालाबन्दीबारे महासंघले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Others
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Labor organization, trade unions and other organizations based on economic demands
Actor 2 - Youth na
Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis