Incident Reports

मालपोत अधिकृतलाई कालो मोसो

2017-01-25

Madhes, Bara, Kalaiya

जिल्ला मालपोत कार्यालय बारामा कार्यरत एक शाखा अधिकृतलाई बुधबार कार्यालयमा बसिरहेको अवस्थामा अज्ञात समूहले कालोमोसो दलेका छन्। कार्यालयमा काम गरिरहेको अवसथामा शाखा अधिकृत सुमन चौधरीलाई अज्ञात समूहले कालोमोसो दलेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले चौधरीमाथि अज्ञात समूहले कालोमोसो दलेको जानकारी पाएको बताए। कालोमोसो दल्ने कार्यमा दुईजना संलग्न रहेको र तिनीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरी परिचालन गरिएको प्रजिअ मानन्धरले बताए। कालोमोसो दलिएका चौधरीले कार्यालयमा काम गरिरहेको अवस्थामा दुई जना अज्ञात युवाहरु आएर भलुही भरवलियामा रहेको ऐलानी जग्गालाई नम्बरी बनाउनको लागि आर्थिक प्रलोभ दिएका बताए। ‘आर्थिक प्रलोभन अस्वीकार गरेको केहीबेरमै पछाडीबाट आएर कालोमोसो दलेर भागे।’ चौधरीले सुनाए। मालपोत कार्यालय बारामा चौधरी १० वर्ष बढी समयदेखि कार्यरत छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis