Incident Reports

ल्यापटप बनाउन घरमा बोलाएर अपहरण

2017-01-22

Madhes, Parsa, Pokhariya

पर्साको मुडली गाविसस्थित एक घरमा बारा जितपुरका एक युवकलाई अपहरण गरी बन्धक बनाएर राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुडली –३ का चन्द्रकान्त चौरसीयालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाराको जितपुर–८ का सुरेश कुमार गुप्तालाई गत आइतबारदेखि आफनो घरमा बन्धक बनाएर राखेको चौरसीयालाई आरोप छ। प्रहरीले २ दिन अगाडि रातिको समयमा उनलाई पक्राउ गरेको थियो । चौरसीयाको घरमा बन्धक बनाएर राखिएका गुप्ता शौच गर्न निस्केको मौकामा भागेर उम्किएका थिए। उनले गुहार मागेपछि गाउलेले संरक्षण गरेर प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चक्रबहादुर शाहको नेतृत्वमा राति नै पुगेको प्रहरी टोलीले घरबाट चौरसीयालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गुप्तालाई अपहरण गर्ने अपहरणकारीहरु भने फरार छन् । अपहरणमा संलग्न बारा जितपुर ८ का जाकिर हुसेन सहित अरु व्याक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ल्यापटप र कम्प्युटरको मर्मत गर्ने पेशामा रहेका गुप्तालाई गत आइतबार हुसेनले ल्यापटप मर्मत गर्ने बहानामा बोलाएर अपहरण गरी मुडलीका चौरसीयाको घरमा बन्धक बनाएर राखेका थिए । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis