Incident Reports

विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते

2017-01-31

Bagmati, Kathmandu, Kathmandu, Ward 16

काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरूबिच माघ १८ गते झडप भएको छ । झडपमा अनेरास्ववियु सरस्वती क्याम्पस कमिटी अध्यक्ष शङ्कर गौतम घाइते भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता आरसी लामिछानेले बताए । कुटपिटका कारण घाइते गौतमको आखाँमाथिको भाग र शरीरका केही भागमा चोट लागेको छ । पीडित विद्यार्थीको मनमोहन अस्पतालमा उपचार भएको पनि लामिछानेले बताए । लामिछानेका अनुसार अनेरास्ववियुका विद्यार्थीले क्याम्पस हाताभित्र नेपालको राष्ट्रिय झण्डा गाड्न खोज्दा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आक्रमण गरेका थिए । घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न अनेरास्ववियुका केन्द्रीय प्रवक्ता लामिछानेले माग गरेका छन् । घटनामा संलग्न आरोपितहरू घटनापछि फरार रहेकोले खोजी कार्य जारी रहेको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
INSEC

0 Comments