Incident Reports

छोराले गरे ढुङ्गाले थिचेर बुबाआमाको हत्या

2017-02-01

Karnali, Jumla, Guthichaur, Ward 3

जुम्लामा एक युवकले आफ्नै बुबा र आमालाई ढुङ्गाले थिचेर हत्या गरेका छन्। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र आमा वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान ११ बजे बारीमा हत्या गरेको जानकारी पाएपछि मणिसाघुस्थित प्रहरी चौकीबाट असई वरुजित विकको टोली घटनास्थल पुगेको थियो। घटनास्थल मणिसाघु प्रहरी चौकीदेखि डेढ घण्टा पश्चिमतिर पर्छ। हत्यामा संलग्न छोरा वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक विष्णुहरी काफ्लेले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Jumla

0 Comments

Related Reports