Incident Reports

भारतीय राजदूतलाई कालो झण्डा

2017-01-17

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

धनगढी, माघ ४ – नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय विधार्थी युनियन (छैठौले) मंगलबार कन्चनपुरमा कालो झण्डा देखाउनुको साथै कालो माला समेत लगाएको छ । कन्चनपुरको भीमदत्त नगरपालिका ४ मा रहेको महेन्द्र उच्च माविमा भारतीय राजदूतावासको सहयोगमा नवनिर्मित भवनको उद्घाटनमा सभागी हुने बेला अनेरा स्ववियु (छैठौ) विधार्थीहरुले राजदूत रेलाई कालो झण्डा देखाएर कालो माला लगाएका हुन् । राजदूत रे कार्यक्रम स्थलमा प्रवेश गर्ने क्रममा स्वागतको लागि लाईनमा बसेकाहरुसंग लाईनमा लागेका राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठो) का केन्द्रीय सदस्य भीम जोशीले कालो झण्डा देखाएर घाटीमा कालो कपडाबाट बनाईएको माला लगाएका थिए । यस्तै कालो झण्डा देखाएको र कालोमाला लगाएको भन्दै कन्चनपुर प्रहरीले राष्ट्रिय जनमोर्चा कन्चनपुरका अध्यक्ष लोकेन्द्र लम्साल, अखिल (छैठौ)का केन्द्रीय सदस्य भीम जोशी र अखिल (छैठौ) कन्चनपुर अध्यक्ष महेश जोशीलाई गिरफ्तार गरेको छ । राष्ट्रिय जनमोर्चा कैलालीले घटनाको भत्सर्ना गर्दै गिरफ्तार गरेकालाई तत्काल रिहाईको माग गरेको छ । राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष लक्षीराम आचार्यले एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना तथा गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Kailali

0 Comments