Incident Reports

क्रान्तिकारीको विरोध प्रदर्शन

2017-01-08

विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीको विधार्थी भातृ संगठन अखिल क्रान्तिकारीले आइतबार कैलालीमा पनि विरोध प्रदर्शन गरेको छ । केही दिनअघि अख्तियारका निलम्बित आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको भन्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले थुनामा राखेको विरोधमा प्रदर्शन गरिएको हो । तत्काल रिहाईको माग गर्दै देशव्यापी कार्यक्रम अन्तर्गत कैलालीको धनगढी, टिकापुर र सुगरखालको सोल्टामा विरोध सभा सहित प्रदर्शन गरिएको क्रान्तिकारीले जनाएको छ । आफ्ना कार्यकर्तालाई रिहाई गर दलाल र भ्रष्टाचारीलाई कारवाही गर भन्दै नारावाजी पनि गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments