Jeev Raj Sharma, Sub-Head of Rapti Babai Campus has accused some professors of the campus of threatening him. Issuing a press release on Tuesday night, Sharma said that his wife was called by some random people and threatened. However, he has not revealed the identity of the professors who called her. 'I have been getting a lot of threatening calls and messages off late. I don't know what to do. People are trying to dampen my reputation', said Sharma. He also added that he will resign from the post if the current situation continues.
राप्ती बबई क्याम्पस तुलसीपुरका सहायक क्याम्पस प्रमुख जीवराज शर्माले आफुलाई प्राध्यापकहरुले धम्की दिने गरेको बताएका छन्। मंगलबार एक बिज्ञप्ति जारी गर्दै सहायक क्याम्पस प्रमुख समेत रहेका शर्माले आफु र आफ्नी श्रीमतीलाइ केहि प्राध्यापकहरुले धम्कीपूर्ण फोन आउने गरेकोले आफु आतंकित भएको उल्लेख छ। तर धम्की दिने प्राध्यापक को हुन् भन्ने सन्दर्भमा बिज्ञप्तिमा केहि खुलाइएको छैन। उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ 'केहि प्राध्यापकहरुका धम्कीपूर्ण कलहरु मेरो श्रीमती समक्ष साँझमा दिँदै आएको र मेरो मोबाइलमा धम्कीपूर्ण सन्देशहरू दैनिक जसो आउदा म र मेरो परिवार आतंकित भएको छौं। बिज्ञप्तिमा थप भनिएको छ 'मेरो अनावश्यक कम रेकर्ड तयार पारि बेइज्जत् गर्ने प्रयास भएको छ। सहायक क्याम्पस प्रमुख शर्माले आफु उक्त पदमा रहेर कार्य गर्ने इच्छा हुदाहुदै पनि यस्तो असहज परिस्थिति कायमै रहेको खण्डमा पदबाट राजिनामा दिने स्पष्ट पारेका छन्।