Incident Reports

तीन वर्षीय बालकको घाँटी थिचेर हत्या

2017-02-05

Madhes, Saptari, Dakneshwori, Ward 6

सप्तरीमा आफ्नै भजितको हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पातो गाविस–५ का तीन वर्षीय रामअवतार खंग मण्डललाई घरभित्रै घाँटी थिचेर हत्या गर्ने उनकै काकी २५ वर्षीया उर्मिलादेवी खंग मण्डललाई सोमबार पक्राउ गरेको हो। बालककी आमा चन्द्रिका देवी पात लिन जंगल गएको मौका छोपेर उर्मिलाले बालकको घाँटी थिचेर हत्या गरेको प्रहरी निरीक्षक नारायणप्रसाद भट्टराईले जानकारी दिए। बालकका हजुरवुवा रामदेव खंग मण्डलको जाहेरीका आधारमा उर्मिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।मृतकका बुवा धर्मदेब खंग मण्डल र काका अशोक खंग मण्डल सिलाई कटाईको कामका लागि भारतको मुम्वईमा बस्दै आएका छन्। तीन दिनअघि मृतककी आमा चन्द्रिकासँग उर्मिलाको घरायसी विवादमा झगडा भएको थियो। हत्या गर्ने उर्मिलाकै पाँच वर्षीय छोरा विकासले आमाविरुद्ध वयान दिएको र उर्मिलाले समेत हत्या गरेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक भट्टराईले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Morang , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments

Related Reports