Incident Reports

No translation available.

2017-02-06

Lumbini, Pyuthan, Pyuthan

'जय नेपाल' नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले एक जना ट्राफिक प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा ४ घण्टा राखेर प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी रंजित सिंह राठौरले ट्राफिक प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई कुटपिट गरेका हुन्। सोमबार दिउँसो बिजुबा क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोस्ट बिजुबारका प्रहरी हवल्दार डिसी लाइ जिल्ला प्रहरी कार्यालयमा बोलाएर डीएसपी राठौरले कुटपिट गरेका हुन्। प्रहरीले पोशाकमै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखेर आफुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको पिडित हवल्दारले डीसी लाइ जानकारी दिए। मा र अर्को एक जना भाइ क्वाडीमा नियमित चेकिंग थियौ। म एक छेउमा जरिवाना काटिरहेको थिए। त्यहि बेला प्रमुख जिल्ला अधिकारि, डीएसपी साप आउनुभएछ। म काममा भएकोले देखिन। त्यसपछि जय नेपाल नभनेकै निहुमा मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरियो उनले भने। डीएसपी राठौर को कुटाइ बाट प्रहरी हवलदार डीसी को बाँया हातमा निलडाम हुने गरि चोट लागेको छ। 'म चेकिंग मा गएको समयमा उसले त्यो व्यवहार दोहोर्यायो' डीएसपी राठौरले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Surkhet , National/Online Media , INSEC , Local Newspaper - Dang , Local Newspaper - Mahottari , Local Newspaper - Banke , Local Newspaper - Sarlahi

0 Comments