ANNISU-R students at Damak Multiple Campus, Jhapa, set campus chief Uttam Bhattarai chair on fire.
ANNISU-R, Samajbadi Student Forum and Rastirya Prajatantrik Student Union, among others, had padlocked the office of campus chief six days ago demanding inclusion in the FSU.
Five student unions, however, had broken the padlock this morning demanding the election be held on time.
The arsonists fled the scene after the incident.
Police said that they are searching for the miscreants.
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले बुधबार दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन चुनावविरुद्ध क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएको भन्दै उनीहरूले क्याम्पस प्रमुखको कुर्सी जलाएका हुन् । कुर्सी जलाउने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी दमकले जनाएको छ ।
त्यसअघि बुधबार बिहान निर्धारित मितिमै स्ववियु चुनाव गराउन दबाब दिँदै विभिन्न पाँच विद्यार्थी संगठनले क्याम्पस प्रमुख कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए । नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी र नयाँ शक्ति निकट विद्यार्थी युनियनले ताला फुटाएका हुन् ।
उनीहरूले कुनै बहानामा स्ववियु चुनाव रोक्न नहुने भन्दै चुनावी प्रक्रिया अघि बढाउन सहज गर्न ताला फुटाएको बताए । ‘वर्षौंदेखि स्ववियु चुनाव हुन नसक्दा विद्यार्थीले आफ्ना कैयौं अधिकारी गुमाएका छन्,’ नेविसंघ क्याम्पस इकाई सभापति मिन्टु दुलालले भने, ‘त्यसैले हामी यसपालि कुनै हालतमा चुनाव गराएरै छाड्छौं ।’ उनले क्याम्पस प्रमुखको ताला फुटाइदिएकाले चुनावी प्रक्रिया सुरु गर्न आग्रहसमेत गरे ।