Incident Reports

शिक्षा क्याम्पसमा तालाबन्दी

2017-02-07

सुर्खेत शिक्षा क्याम्पसमा बुधबार तालाबन्दी गरिएको छ। त्रिभुवन विश्वविध्यालय अन्तर्गत स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को आशन्न निर्वाचनमा सिन्डिकेट लागु गरेको भन्दै असन्तुष्ट बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्। निर्वाचनमा सिन्डिकेट लागू गरेको भन्दै अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन, नेपाल बिद्यार्थी संघ, राष्ट्रिय बिद्यार्थी संघ, क्रान्तिकारी बिद्यार्थी संघ लगायतका ७ वटा बिद्यार्थी संघ/संगठनहरूले तालाबन्दी गरेका हुन्। क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका बिद्यार्थी संघ/संगठनहरुले निर्वाचनमा लगाइएको सिन्डिकेट फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन्। त्रिभुवन विश्वविध्यालयको स्ववियु निर्वाचन आगामी फाल्गुन १२ गते तोकिएको छ। अन्य बिद्यार्थी संगठनहरु प्रचार-प्रसारमा लागिरहेको बेला ७ वटा बिद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनमा सिन्डिकेट लागु गरिएको भन्दै तालाबन्दी गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments