Incident Reports

विद्यार्थीलाई कुटपिट गरेको घटनाका अाराेपित शिक्षिकाविरुद्ध उजुरी

2017-02-14

Province 1, Khotang, Rupakot Majhuwagadhi

शङ्खेश्वरी मावि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत कौशिला राईलाई फागुन ३ गते बेहेस् हुनेगरी लठ्ठीले कुटपिट गरेको आरोपमा सोही विद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मीविरुद्ध पीडित पक्षले फागुन ५ गते जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकासहित सदरमुकाम दिक्तेलमा आएका अभिभावकले आरोपित शिक्षिकालाई कारबाही गर्न माग गर्दै शिक्षा कार्यालयमा निवेदन दिएका हुन् । आरोपितको कुटपिटबाट पीडित बालिकाको बाँया पाखुरा र गर्दनमा निलडाम लागेको पीडित बालिकाका बावु बज्रकुमार राईले बताए । ‘छोरीलाई बेहोस् हुनेगरी कुटपिट गरिएछ ।’-राईले भने-‘कुटपिट गर्नेलाई कारबाही हुनुपर्‍यो । हामीलाई न्याय दिनुपर्‍यो भनेर शिक्षामा निवेदन दिएका छौँ ।’ छात्रामाथि निर्घात कुटपिट भएको विरोधमा विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् । शिक्षिकाविरुद्ध प्रशासनमासमेत निवेदन दिने राईले बताए । घटनाका विषयमा यथार्थ बुझ्न बाँकी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी मीन थापाले बताइन् । सुनिता मगर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports
Related Trend Analysis