Incident Reports

नेवि सङ्घ र वाइसिएलबीच झडप

2017-02-19

Lumbini, Rukum East, Aathbiskot

रुकुमको आठबिसकोटमा आज नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच झडप भएको छ । झडपका क्रममा स्थानीय सिमबजारमा रहेका स्थानीयका सातवटा घुम्ती पसल भत्केका छन् । आज दिउँसो नेवि सङ्घ र वाइसिएलका कार्यकर्ताबीच झडप हुँदा सिमबजारमा रहेका घुम्ती पसल भत्केको स्थानीयवासी कमल शाहले जानकारी दिनुभयो । गत ४ गते आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको उम्मेद्वारी दर्ताका क्रममा नेवि सङ्घका अध्यक्ष उम्मदवार सुजल शाहीमाथि वाइसिएलले आक्रमण गरेपछि यहाँको अवस्था तनाबग्रस्त बन्दै आएको शाहको भनाइ छ । आफ्ना उम्मेद्वारमाथि साङ्घातिक आक्रमण भएको भन्दै नेवि सङ्घले दोषीलाई कारबाहीको माग गर्दै आएको छ । आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरीले शाहीमाथि आक्रमण गर्ने वाइसिएलका जिल्ला उपाध्यक्ष मानबहादुर चनारालाई पक्राउ गरे पनि प्रहरी नायब उपरीक्षक र प्रमुख जिल्ला अधिकारीले माओवादी केन्द्रका नेताको जमानीमा छोडिदिएका थिए । यहाँ दैनिकजसो नेवि सङ्घका कार्यकर्ता र वाइसिएलबीच झडप हुँदा राडीबजारका स्थानीयवासी सुरक्षा माग्दै प्रहरी कार्यालयमा जाने गरेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments