Incident Reports

मधेसी मोर्चाको आन्दोलन सुरु

2017-02-21

Madhes, Parsa, Birgunj

संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले आज मंगलबारदेखि आन्दोलन सुरु गरेको छ । मोर्चामा आबद्ध राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रदर्शन गर्दै प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएर आन्दोलनको शुरुवात गरेको हो । सद्भावना पार्टी पर्साका उपाध्यक्ष इश्वर यादवको नेतृत्वमा रहेका नेता कार्यकर्ताले घण्टाघर चोकमा सरकार र तीन दलविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका वीरगन्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले संविधान संशोधन बिना सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरेर मुलुकमा फेरि मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले अहिले आएर मोर्चाको सहमति बेगर चुनावको मिति घोषणा गरेर मधेसी दललाई धोका दिएको भन्दै अध्यक्ष सर्राफले संविधान संशोधन नगरी हुने चुनावको कुनै अर्थ नरहने बताए । उनले सरकारले घोषणा गरे पनि मधेसमा चुनाव हुन नदिने चेतावनी पनि दिए । मोर्चाले घोषणा गरेको आन्दोलनमा सक्रियरुपमा सहभागी हुन उनले कार्यकर्तासंग आग्रह पनि गरे । सोमबार साँझ सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै मंगलबार साँझ देशभर मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ । मोर्चाले बुधबार ११ गते मधेस बन्द गर्ने घोषणा पनि गरेको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै बिहीबार देखि १५ दिनसम्म गाउँ गाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ । स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नै नगरी अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनका आधारमा घोषणा गरिएको निर्वाचन मान्य नहुने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports