Incident Reports

Pratidin: Youth obstructing and manhandling guests in a marriage ceremony arrested

2017-01-20

Province 1, Morang, Miklajung, Ward 4

Police have arrested 20 youth form Tandi-4, Morang for obstructing Bhawani Lawati's marriage ceremony. A mob of 50 youngsters on Friday had verbally abused the guests, threatened to kill the neighbors and physically assaulted the family members. Police personnels from Tandi police post had arrived the incident site following information from the locals but they were unable to take control of the incident. The group was arrested by police personnels from Area Police Station, Urlabari. According to the police, the perpetrators will be charged under public offense act. मोरंगको टाँडी-४ स्थित भवानी लावतीको विवाह बिथोल्ने र विवाहमा आएका पहुनामाथि हातपात गर्ने २० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति साढे ११ बजे करिब ५० जनाको संख्यामा रहेका युवा समुहले विवाह विथोल्नुका साथै विवाह आसपासका प्रत्येक घरपरिवारलाई अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको पिडितले बताएका छन् । उनीहरुले विवाह घरभित्र पसेर कुटपिट समेत गरेको पीडितले आरोप लगाएका छन् । रातभर विवाहमा अवरोध सिर्जना गरिरहेपछि स्थानीयवासीले टाँडीस्थित अस्थायी प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिन नसकेपछि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली त्यहि पुगेर उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उर्लाबारी-९ का २२ वर्षीय शम्भु राई, २१ वर्षीय नविन लिङ्देङ, २६ वर्षीय तिलक राई, उर्लाबारी-२ का २१ वर्षीय सिमान राई,२० वर्षीय प्रितम राई, २० वर्षीय दिपेश घले, १८ वर्षीय महिष राई, उर्लाबारी-५ क २५ वर्षीय आशिष आचार्य, टाँडी-४ क १९ वर्षीय राम लिम्बु, २४ वर्षीय ...मगर, २४ वर्षीय शम्भु लिम्बु, १८ वर्षीय विशाल लिम्बु, १९ वर्षीय लक्ष्मण, १९ वर्षीय दर्शन खड्का, २३ वर्षीय प्रशान्त लिम्बु,मधुमल्ला-४ का १८ वर्षीय असिन लिम्बु र २० वर्षीय दिपेन राई छन् । पक्राउ परेका युवाबिरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth youth
Actor 2 - Number of people 30
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments