Incident Reports

Morcha cadres vandalise Rajbiraj municipal office

2017-02-22

Madhes, Saptari, Rajbiraj

Cadres of Samyukta Loktantrik Madhesi Morcha vandalised office of Rajbiraj Municipality on Wednesday. They also pelted stones at the office protesting the announcement of local bodies election date without amending the constitution. Life in Saptari and Siraha district has been affected due to the strike called by Morcha today. There are almost no vehicles on the road besides few cycles and motorcycles. Educational institutes, factories and market areas have also remained shut. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध आन्दोलनमा उत्रेको मोर्चाका कार्यकर्ताले बुधबार राजविराज नगरपालिका कार्यालयमा ढुंगामुढा गरेका हुन् । आन्दोलनकारीको ढुंगामुढाबाट कार्यालयको झ्यालका सिसा फुटेका छन् । उनीहरुले कार्यालय समेत सञ्चालन गर्न दिएका छैनन् । सप्तरीमा फाटफुट रुपमा मोटरसाइल, सइकल चल्नुबाहेक शैक्षिक संस्था, बजार, कलकारखा ठप्प भएका छन् । यस्तै, मोर्चाको मधेस बन्दका कारण सिरहाको जनजीवन पनि प्रभावित भएको छ । मोर्चाको बन्दका कारण सिरहामा यातायात, कलकारखाना, बजार, शैक्षिक संस्था बन्द रहेका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो । संविधान संशोधन नगरी निर्वाचन घोषणा गरेको विरोधमा मंगलबार साँझ मोर्चाका कार्यकर्ताहरुले विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments