Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताबाट पत्रकार महासंघका पूर्वकोषाध्यक्षसहित दुई पत्रकार कुटिए

2017-02-22

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा दुई सञ्चारकर्मीमाथि कुटपिट गरेका छन् । रघुविर महासेठको घर घेराउको क्रममा समाचार संकलनको लागि गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शितल साह र पत्रकार सुरेश यादवलाई मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका हुन् । साहको टाउकोमा चोट लागेको छ र, जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एमाले कार्यकर्ताको कुटाईबाट समेत दुईजना आन्दोलनकारी घाइते भएका छन् । उनीहरुको पनि अञ्चल अस्पतालमै उपचार भइरहेको छ । स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, एमाले उपाध्यक्ष बामदेव गौतम त्यही बसेका थिए । जसका कारण उक्त क्षेत्र तनावग्रस्त छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments