Incident Reports

विद्यार्थीबिच झडप, तीन जना घाइते

2017-02-27

Karnali, Kalikot, Khandachakra

स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु, नेविसङ्घ र अखिल क्रान्तिकारी, राप्रविसको विद्यार्थी प्यानलबिच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । थिर्पू गाविस-५ का घाइते विद्यार्थी १७ वर्षीय मन्दिरराज रोकाया माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य लक्ष्मण बमको नेतृत्वको टोलीले ढुङ्गा प्राहर गर्दा मान्म गाविस-५ का १६ वर्षीय मदन सिंह, थिर्पू गाविस-५ का १७ वर्षीय मन्दिरराज रोकाया, दाहाँ गाविस-३ का १७ वर्षीय नविन शाही घाइते भएका छन् । घाइते सिंहको उपचार जिल्ला अस्पताल कालिकोटमा र अन्यको आविष्कार मेडिकलमा भइरहेको छ । निर्वाचन अधिकृतको जिम्मेवारी पाएका माओवादी केन्द्र निकट शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रत्नसिंह रावतलाई नेविसङ्घ र अनेरास्ववियुका कार्यकर्ताले फागुन १६ गते बिहान मोसो दलेको आरोप छ । उक्त घटनापछि अक्रोशित भएका अखिल क्रान्तिकारीका कार्यकर्ताले नेविसङ्घ र अनेरास्ववियुको जुलसमा ढुङ्गा प्राहर गरेपछि झडप भएको थियो । झडपपछि बनेको तनावग्रस्त अवस्थालाई सामान्यीकरण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
INSEC , National/Online Media , Local Newspaper - Jumla

0 Comments