Tul Bahadur Thapa of Bhimdutta-8, Tilachaur has been seriously injured after being attacked by a group of unidentified men at Gaddachauki road in Mahendranagar.
The group reportedly attacked Thapa on the face with a stone, seriously injuring him, and robbed him of rupees five lakhs and twenty five thousands. After filing a complaint at DPO against the violent robbery, Thapa was taken to Mahakali Zonal Hospital for treatment.
DPO arrested two suspects in connection with the incident. The identity of the suspects has not been made public yet, however District Police Chief, SP Prakash Chand informed that the arrested men had confessed of being involved in the robbery and attack on Thapa. Police are further investigating on the incident.
कन्चनपुरको महेन्द्रनगर बजार स्थित गड्डाचौकी रोडमा अज्ञात समूहद्वारा एक स्थानीय व्यक्तिमाथि आक्रमण भएको छ । करिव ६:३० बजेको समयमा भएको आक्रमणमा परि भिनपा ८ तिलाचौर बस्ने तुल बहादुर थापा गम्भीर घाइते भएका छन् ।
उनीबाट नगत रु ५ लाख २५ हजार लुटिएको छ । घर जग्गाको कारोबार गरी पैसा लिएर घर फर्कदै गरेका थापामाथि एक्कासी महाकाली अञ्चल गुल्म अगाडी आक्रमण भएको थियो । गुल्म अगाडी आफ्नो मोटरसाइकल रोकेर १ जना भारतीय नागरिकसंग कुरा गरेका अवस्थामा एक्कासी पछाडीबाट आएर गुण्डाशैलीमा उनलाई ढुंगाले मुखमा हिर्काएर आक्रमण गरी ती व्यक्ति पैसा सहित मोटरसाइकल चढेरफरार भएका थिए । घाइते थापाले जिप्रका कन्चनपुरमा उजुरी दिई उपचारका लागि महाकाली अञ्चल अस्पताल पुगेका थिए । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ । त्यसपछि तुरुन्तै जिप्रकाले खोजी कार्य गर्दा संकास्पद २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम खुलेको छैन । तर उनीहरुले ढुंगाले हिर्काएर थापाबाट पैसा लुटेको स्वीकार गरेको कन्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले जानकारी दिए । घटनामा संलग्न जो कोही भएपनि कडा भन्दा कडा कारवाही गर्ने प्रहरी प्रमुख चन्दले बताए ।