Incident Reports

स्कुल अगाडि राखिएको बमले पठनपाठन प्रभावित

2017-03-01

Madhes, Saptari, Rajbiraj, Ward 14

सदरमुकाम राजविराजमा बुधबार पुनः अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्गलिस बोर्डिङ् स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि बिद्यार्थीको पठनपाठन प्रभावित भएको हो । स्कुल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका बिद्यार्थी र स्थानीयवासी आतंकित भएका छन् । बम देखेपपछि स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बमसँगै सो स्थानबाट जयकृष्ण गोईत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए । श्री कृष्ण दल गण राजविराजबाट पुगेको सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई राजविराजस्थित रंगशालामा लगेर विहान ११ बजे निष्क्रिय पारेको छ । मंगलबार मात्र राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल र जुपिटर स्टेशनरी उद्योगका अगाडि रहेको फोहोरको डंगुरमा मोर्चको पर्चासहित फेला परेको बमलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Collective tensions related to regional identities
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments