Incident Reports

सालाले गरे भिनाजुको हत्या

2017-02-04

Sudurpashchim, Doti, Purbichauki

डोटीको गाँजरी गाविसमा एक युवाले आफ्नै भिनाजुको हत्या गरेका छन् । गाँजरी-६ का ३५ वर्षीय टेकराज श्रेष्ठले आफ्नै भिनाजु मोहन सिंह थापाको काठको लठ्ठीले टाउकामा प्रहार गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना शनिबार भएको हो । घटना पछि शनिबार साँझ नै उनी आफै जिल्ला कारागार डोटीमा पुगेका थिए । त्यसपछि कारागारले खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना हो/होइन भनेर जाँचबुझ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज विष्टले जानकारी दिए । अभियुक्त श्रेष्ठले प्रहरीलाई हत्या आफैले गरेको स्वीकार गरेका छन् । विवाद उत्पन्न भएपछि रिसको झोंकमा लठ्ठीले हिर्काएको उनले बताएको प्रहरी नायब निरिक्षक गगन गिरीले बताए । मृतकका घरका आफन्तले पनि प्रहरीको खबर पछि मात्रै जानकारी पाएका थिए । घर नभएको ठाउँमा घटना भएको र शब मान्छेले नदेख्ने ठाउँमा खसेकाले सबैले थाहा नापेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Kailali

0 Comments

Related Reports