Incident Reports

धादिङको जयबागेश्वरी क्याम्पसमा झडप, अध्यक्षका उम्मेदवारसहित ४ घाइते

2017-03-01

Bagmati, Dhading, Benighat Rorang, Ward 3

गजुरीको मेलेखुस्थित क्याम्पस गेटबाट भित्र छिर्न लागेका उम्मेदवारहरुमाथि ढुङ्गामुढा भएपछि संयुक्त प्यानलका उम्मेदवार सुष्मिता रुपाखेती लगायत चारजना सख्त घाइते भएका छन् । जयबागेश्वरी क्याम्पस मुख्य ढोकाबाट भित्र पस्दै गरेकी नेविसंघ र अखिल (क्रान्तिकारी)को प्यानलबाट अध्यक्ष पदकी प्रत्यासी सुस्मिता तामाङ, सदस्य सुजाता भट्ट, अखिल (क्रान्तिकारी)का रामशरण वोराङ्ग / पार्वती सेढाईं घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी सुजातासहित सबैलाई उपचारार्थ व्लुक्रस नर्सिङ्ग अस्पताल, काठमाडौं पठाइएको छ । जिल्लाभरका नेकपा एमालेको भातृ संगठन युथ फोर्सका कार्यकर्ताहरु बोलाइएको र उच्च माविका प्राचार्य वेदप्रसाद त्रिपाठीको निर्देशनमा आफ्ना उम्मेदवारमाथि ढुंगा प्रहार भएको आरोप नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले लगाएका छन् । भिडन्तलगत्तै जिल्ला सदरमुकामबाट सशस्त्र र जनपद प्रहरी पुगेको थियो । ‘अहिले स्थिति नियन्त्रणमा छ’ जिल्ला प्रहरी प्रमुख शरदकुमार खत्रीले बताए । झडपपछि नेविसंघको संयुक्त प्यानलले क्याम्पसमा तालाबन्दी गरेको छ । वातावरण सहज बनाउन र थप भिडन्त रोक्न भन्दै अहिले जिल्लाका राजनैतिक दलका प्रमुखहरुको बैठक बसिरहेको छ । बैठकमा कांग्रेसका पूर्वसभापति एवं पूर्वसभासद रामनाथ अधिकारी, कांग्रेस अध्यक्ष रमेश धमला, नेकपा एमालेका अध्यक्ष भूमि त्रिपाठी र माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमरकटेल उपस्थित छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Students
Actor 2 - Youth youth
Total Injured 4
Female Injured 3
Youth Injured 4
National/Online Media , INSEC

0 Comments