Incident Reports

विद्यालयमा शारीरिक यातना दिएको आरोपमा हेल्पलाइनमा उजुरी

2017-02-28

Lumbini, Banke, Khajura, Ward 2

सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर अर्को बेञ्च ल्याएर बस्ने क्रममा ‘हेड सर’ले लाठीले पिटेको र आफू बेहोस भइ ढलेपछि साथीहरूले बेञ्चमा बसाएको बताइन् । विद्यालयका प्रअ योगीले बेञ्चमा हिर्काएर तर्साउन खोज्दा लाठीको टुप्पोले लागेको भए पनि कुटपिट गर्ने मनसाय नभएको बताउँदै गल्ती भएको बताए । बालिकाकी आमा गोमा खत्रीले लाठीको चोटका कारण राम्रोसँग हिडडुल गर्न नसकेको बताइन् । घटनाको बारेमा बालिकाकी आमाले बाल हेल्पलाइनमा खबर गरे पश्चात सिविनका सिद्धराज पनेरु र इन्सेक जिल्ला प्रतिनिधि फागुन १८ गते घटनास्थल पुगी घटनाका बारेमा अध्ययन गरेको पनेरुले जानकारी दिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments