Incident Reports

घुस लिँदालिँदै शाखा अधिकृत पक्राउ

2017-03-03

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले २५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । रिजालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis