Seven student unions have padlocked Ramananda Bisheshwor Mahendra Campus situated in Jaleshwor, Mahottari in protest of admission of new students before the Free Students' Union election. The student unions have demanded the names of newly admitted students to be removed from the student's list.
जलेश्वर, ३ फाल्गुण – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा ७ विधार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । फाल्गुण १४ गते स्वतन्त्र विधार्थी युनियनको निर्वाचन तालिका अनुसार माघ १४ गते भित्र मात्रै विधार्थीहरुको नामांकन हुनुपर्नेमा माघ १७ गतेसम्म नयाँ भर्ना गरिएको भन्दै ७ विधार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्नेहरुमा अखिल क्रान्तिकारी, तराई मधेश विधार्थी युनियन, रामसपा विधार्थी युनियनलगायतका रहेका छन् ।
त्रिभुवन विश्वविधालयको निर्वाचन तालिका अनुसार माघ १४ गतेपछि नामांकन गर्न नसकिने उल्लेख भएपनि क्याम्पस प्रशासनले त्यसको उल्लंघन गर्दै माघ १७ गते केही विधार्थीहरुको नामांकन गरेको भन्दै असन्तुष्टी जनाउदै तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका सत्येन्द्र यादवले जानकारी दिए ।
विधार्थी संगठनहरुले नयाँ भर्ती भएका विधार्थीहरुको नामावली फिर्ता लिनुपर्ने माग गर्दै तालाबन्दी गरेका छन् ।