Incident Reports

Health workers obstruct polio vaccine administration program

2017-03-05

( Updated) Polio vaccine administration program has been obstructed due to protest of health workers in various districts. The program, which was not disturbed during the 10 years of insurgency, has been barricaded by the health workers themselves. The health workers, affiliated with different six trade unions and the senior health assistants, who were promoted despite of their non-eligibility, after the second people revolution, are obstructing the program which is underway for two days starting from Saturday. They padlocked the store of district public health office, warned the office head of physical assault, padlocked the office and protested in front of the office to disturb the program. Earlier, Health Minister Gagan Thapa had issued the notice, warning the protestors to call off their protest or to bear the consequences. He urged the local administration to use the security forces in case of need. Minister Thapa stressed that to obstruct the polio vaccine is inhuman and is against the constitution and reiterated that to get the basic medical service is constitutional rights of every citizens. Due to the obstruction, only four districts, having high risk of recurrence of the disease, including Kathmandu, Lalitpur, Kapilvastu and Bardiya, could operate the polio vaccine program on Saturday. Remaining eleven districts could not run the program properly. The 2-day program, scheduled to take place on 4 and 5 March, is underway in 15 districts that would be beneficiary for 1.6 million children. ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा पोलियो खोप खुवाइने अभियान सुरु हुन सकेन। महोत्तरीमा शनिबार र आइतबार पोलियो थोपा खुवाउने कार्यक्रम थियो। स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो खोप अभियानका लागि चाहिने सामग्री खोप केन्द्रमा पठाउन नसकिएकाले शहरी तथा ग्रामीण क्षेत्रका १ लाख १० हजार बालबालिका खोपबाट वञ्चित भएका छन्। स्वास्थ्यकर्मी सदरमुकाम जलेश्वरस्थित जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयमा धर्नामा बसेका छन्। जिल्ला अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । छिमेकी देश भारतमा पोलियो उन्मूलन भइनसकेको अवस्थामा यो रोगको सङ्क्रमण नेपालको तराईको जिल्लामा फैलनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले महोत्तरीसहित मुलुकका १५ जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो। धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन्। बालबालिकालाई लगाइने नियमित खोप, तथ्यांक संकलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन्। स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियानमा असर पर्नसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि पोलियो खोप कार्यक्रम स्थागित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। खोप तथा पोलीयो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दिर्घकालीन असर पर्ने चिकित्सकहरु बताउँछन्। धर्नाका कारण कार्यक्रमअन्तर्गत महोत्तरीमा पाँच वर्ष मुनिका १ लाख १० हजार बालबालिका खोप कार्यक्रमबाट बन्चित भएका छन्। धर्नाका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वर तथा बर्दिवास अस्पतालसहित ५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६८ स्वास्थ्य चौकी, र जलेश्वरमा रहेको सहरी क्लिनिकमासमेत बालबालिकालाई दिईने खोप कार्यक्रम हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अभियानअन्तर्गत शनिबार खोप केन्द्रबाट बालबालिकालाई खोप खुवाइने र आज आईतबार २२ गते छुटेका बालबालिकालाई घरदैलोमै पुगेर खोप खुवाइने कार्यक्रम तय गरिएको थियो । Update..................................... सरकारले पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गर्न आदेश दिएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित बनेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले भनेको छ । सरकारले उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्यकर्मीको आन्दोलनले सिरहा र सप्तरीमा मात्र झण्डै ३ लाख बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । १८ जना निलम्बित स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्र्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरुलाई विभागीय कारवाही गर्नु नपर्ने कुनै कारण भएमा बाटोको म्याद बाहेक ३ दिन भित्रमा स्पष्टिकरण पेश गर्न भनेको छ । निलम्बनमा पर्नेहरुमा जन स्वास्थ्य कार्यालयमा प्रमुख र सिनियर अहेबसम्मका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Kaski , Local Newspaper - Sindhupalchok

0 Comments