Incident Reports

स्वास्थ्यकर्मीको आन्दोलनले महोत्तरीका १ लाख १० हजार बालबालिका खोप कार्यक्रमबाट बन्चित

2017-03-05

सरकारले पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई पक्राउ गर्न आदेश दिएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित बनेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले भनेको छ । सरकारले उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्यकर्मीको आन्दोलनले सिरहा र सप्तरीमा मात्र झण्डै ३ लाख बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । १८ जना निलम्बित स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्र्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरुलाई विभागीय कारवाही गर्नु नपर्ने कुनै कारण भएमा बाटोको म्याद बाहेक ३ दिन भित्रमा स्पष्टिकरण पेश गर्न भनेको छ । निलम्बनमा पर्नेहरुमा जन स्वास्थ्य कार्यालयमा प्रमुख र सिनियर अहेबसम्मका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Kaski , Local Newspaper - Sindhupalchok

0 Comments