Incident Reports

सप्तरीमा मधेशी मोर्चाको मसाल जुलुस

2017-03-05

Madhes, Saptari, Rajbiraj

एमालेको मेची महाकाली अभियानअन्तरगत सोमबार सप्तरीमा हुने क्रार्यक्रमका बिरुद्ध सडकमा ओर्लेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आईतवार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरबाट निस्केको मोर्चा कार्यकर्ताहरुको मसाल जुलुस राजविराज नगरको परिक्रमा गर्दे स्थानीय नेता चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । राजविराजबाहेक पूर्व पश्चिम राजमार्गअन्तरगत सप्तरीको रुपनी र भारदहलगायतका स्थानमा पनि मोर्चाका कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । मसाल जुलुसका सहभागीले एमाले र अध्यक्ष केपी ओलीका बिरुद्ध चर्को नाराबाजी गरेका थिए । मोर्चाले एमालेको कार्यक्रमलाई लक्षित गरी सोमबार सप्तरीमा यातायात बन्द, लाठी जुलुस र कालो झण्डा प्रदर्शन गर्ने तयारी गरेको छ । मोर्चाले सदरमुकाम राजविराज र भारदहमा ठुलो संख्यामा कार्यकर्ता सडकमा उतार्ने दाबी गरेको छ । यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अबरोध पछि एमालेले सोमवार राजविराज स्थित राजरंगशालामा आयोजना गर्ने भनिएको कार्यक्रमको स्थान परिवर्तन गरेको छ । एमालेले फागुन २३ गते राजविराज स्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । उक्त स्थानमा कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने मोर्चाको चेतावनीपछि एमालेले स्थान परिवर्तन गरेपनि नयाँ स्थानमा पनि कार्यक्रम गर्न नदिने मोर्चाका नेताहरूले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Mahottari

0 Comments