Incident Reports

Saptari tense ahead of CPN-UML’s programme

2017-03-06

Madhes, Saptari, Rajbiraj

Various places of Saptari district including the district headquarters Rajbiraj have become tense on Monday as the cadres of Samyukta Loktantrik Madhesi Morcha (SLMM) took the streets from early morning burning tyres at major thoroughfares. The district administration has deployed a large number of security personnel in view of potential clashes. Police personnel and SLMM cadres pushed against each other this morning after the former intervened and put out the tyres burnt by demonstrators. The SLMM cadres have enforced a transportation strike in the district to protest against the CPN-UML’s Mechi-Mahakali campaign, bringing the vehicular movement in the district to a grinding halt. सप्तरीको सदरमुकाम राजविराज लगायत विभिन्न ठाउँमा बिहानैदेखि तनाव उत्पन्न भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय गजेन्द्र चोकमा बालेको टायर निभाउन प्रहरी गएपछि प्रहरी र मोर्चाबीच तनाव उत्पन्न भएको हो। प्रहरी र मोर्चाबीच केहीबेर धकेलाधकेल भएको थियो । यसैगरी एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । मोर्चाले गरेको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । एमालेको अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ । बजारहरु पनि बन्द छन् । साथै मोर्चाले आज बिहान लाठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । डिएपी दानबहादुर कार्कीका अनुसार विभिन्न ठाउँमा सडक अवरुद्ध पार्न खोज्ने केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । मोर्चा कार्यकर्ताले सप्तरीको राजविराज, भारदह र रुपनीमा टायर बालेर सडक अवरुद्ध पारिरहेका छन् । यसैगरी राजविराजमा मधेसी मोर्चाले विरोध प्रदर्शन जारी राखेपछि एमालेले सोमबार हुने कार्यक्रमस्थल समेत परिवर्तन गरेको छ । उसले सदरमुकाम राजविराजको राज रंगशालमा गर्ने भनेको कार्यक्रम सदरमुकाम भन्दा ३ किलोमिटर उत्तरमा रहेको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा गर्ने भएको छ । यस्तै एमालेले कार्यक्रमस्थल जाने रुट समेत परिवर्तन गरेको छ । एमालेले भारतदहबाट मुख्य राजमार्ग छाडेर हनुमाननगरको बाटो हुँदै राजविराज प्रवेश गर्ने जनाएको थियो । तर, मधेसी मोर्चाले हनुमाननगरमा लाठी जुलुस निकाल्ने योजना बनाएपछि स्थानीय प्रशासनले एमाले नेताहरुलाई हनुमाननगरको बाटो प्रयोग गर्नु जोखिमपूर्ण हुने सझाव दिएको छ । एमालेले अब पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनी क्षत्रेबाट जाने गरी रुट मिलाएको छ । सम्भावित झडपलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाका अनुसार एमालेले सभा गर्ने सभास्थल, भारदह, रुपनी, सदरमुकाम लगायतका ठाउँमा करिव १५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments