Incident Reports

स्ववियु चुनावको विषयमा आरआर क्याम्पसमा तनाव, आजको निर्वाचन अनिश्चित

2017-03-06

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा (आरआर) आज तोकिएको स्ववियू निर्वाचन अनिश्चित भएको छ । काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीबीचको विवादका कारण विहान ८ बजे मतदान हुने भनिएपनि अहिलेसम्म सुचारु हुन सकेको छैन । क्याम्पसको मूलगेटमा एमाले निकट अनेरास्ववियूले निर्वाचन हुनुपर्ने माग गर्दै चर्का नाराबाजी गरिरहेको छ भने सत्तारुढ काँग्रेस निकट नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीले त्यसको विपक्ष नाराबाजी गरिरहेका छन् । चुनाव हार्ने भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले प्रशासनको आडमा निर्वाचन हुन नदिएको अनेरास्ववियूले आरोप लगाएको छ । मतदान सुरु हुने बेला माथिको आदेश भन्दै स्थानीय प्रशासनले निर्वाचन हुन नदिएको अनेरास्ववियूका उपाध्यक्ष नारायण शर्माले आरोप लगाए । उनले नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीले चुनाव हार्ने भएपछि माथिबाटै निर्वाचन रोक्न आदेश आएको भन्दै आपत्ति पनि जनाए । अनेरास्ववियूले निर्वाचनको मतदान तत्काल सुरु गर्न पनि क्याम्पस प्रशासनलाई दवाव दिएको छ । यता, सत्तारुढ नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीले भने क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियूले एकलौटी ढंगले निर्वाचन गर्न खोजेकाले निर्वाचन स्थगित गर्न माग गर्नु परेको जिकीर गरेका छन् । आफूहरुको सहमति विनानै निर्वाचनको मतदान सुरु गर्न लागिएकाले त्यसको विरोधमा उत्रनु परेको अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष मिलन हिंसिषले जानकारी दिए । उनले एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा क्याम्पस प्रशासनले एकलौटी ढंगले निर्वाचन गर्न लागेकाले निर्वाचन स्थगित गरेर अर्को निर्वाचनको मिति तय गर्न आफूहरुले क्याम्पस प्रशासनसँग माग गर्नु परेको उल्लेख गरे । नेपाल मानविकी क्याम्पस अनेरास्ववियूको बर्चस्व रहँदै आएको क्याम्पस हो । नेविसंघले स्ववियू निर्वाचनका लागि उम्मेदवारी समेत मनोनयन गरेको छैन । १८ गते हुन नसकेपछि यो क्याम्पसको निर्वाचन आजको लागि तोकिएको थियो । विहान ८ बजेदेखि हुने भनिएको मतदान अहिले पनि सुरु हुन सकेको छैन । प्रमुख दलका विद्यार्थी संगठनहरुले नै निर्वाचनको पक्ष र विपक्षमा चर्का नाराबाजी लगाएपछि क्याम्पस परिसरमा व्यापक प्रहरी परिचालन गरिएको छ । विद्यार्थी संगठनहरुको दोहोरो मारमा परेको क्याम्पस प्रशासनले निर्वाचन गराउने वा स्थगित गर्ने कुनै निर्णय समेत लिन सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments